नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

काठमाडौँ । टी-ट्वेन्टी महिला विश्वकपको एसियाली छनोटमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । ९३ रनको लक्ष्य नेपालले १८ ओभर २  बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको यो लगातार तेस्रो जित हो । ६ अंक जोडेको नेपालको ग्लोबल छनोटको सम्भावना कायमै छ ।

नेपालको जितमा सिता रानामगरले सर्वाधिक ३० र  कप्तान रुविना क्षेत्रीले २० रन जोडे । यस्तै सरिता मगरले १५ र कविता कुँवरले १० रनको योगदान गरे ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन बनाएको थियो ।

नेपालका लागि सवनम राईले २ तथा कप्तान रुविना क्षेत्री, सिता रानामगर र कविता कुँवरले एक–एक विकेट लिए ।

नेपालसँगै आयोजक युएईको पनि ६ तथा हङकङको चार अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *