उपलब्धिमात्र होइन‚ विकृति पनि हामीले ल्याएको हो भन्न सक्नुपर्छ : चित्रबहादुर केसी

चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशका राजनीतिक दल नसच्चिएसम्म देशले विकासको बाटो पहिल्याउन नसक्ने बताएका छन् ।

चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनलाई शुभकामना मन्तव्य दिँदै अध्यक्ष केसीले देशमा भएका विभिन्न परिवर्तनमा आफ्नो भूमिका छ भन्ने दल र नेताहरूले अहिलेको नैराश्यता र समस्याको कारण पनि हामी हाैँ भन्न सक्नुपर्ने बताए ।

‘अहिले संसद् ठप्प छ । न्यायपालिका र कार्यपालिकाभित्रको किचलो पनि हामीले ल्याएको हो भन्न सक्नुपर्छ । जनतामा नैराश्यता हाम्रै कारणले आएको हो । हामी राजनीति गर्ने व्यक्ति नसुध्रिएसम्म देश सुध्रँदैन । राजनीतिलाई पेशा बनायौँ भने यो अवस्थामा सुधार हुँदैन‚’ उनले भने ।

राजनीतिक दलहरू आपसमै झगडा गर्नाले विदेशी शक्तिले पनि खेल्ने गरेको सन्दर्भ औँल्याउँदै अध्यक्ष केसीले विदेशी शक्तिलाई खेल्न नदिन दलहरू आपसमा झैझगडा र एकले अर्कोलाई खुइल्याउने काम बन्द गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *