अय्यरको डेब्यु शतक

काठमाडौँ । भारतका श्रेयस अय्यरले आफ्नो डेब्यु टेस्टमा शतक प्रहार गरेका छन् । न्युजिल्यान्डसँगको शृङ्खलाको पहिलो टेस्टको दोस्रो दिन अय्यरले शतक पूरा गरेका हुन् । अय्यरले १७१ बलमा १०५ रन बनाएर आउट भए । उनले १३ चौका र २ छक्का प्रहार गरे । टेस्ट करियर सानदार सुरुवात गर्ने क्रममा उनले १५७ बलमा शतक पूरा गरे ।

पहिलो टेस्टमा नै शतक प्रहार गर्ने अय्यर भारतका १६ औँ तथा विश्वमा ११२ औँ खेलाडी बने । उनी न्युजिल्यान्डसँगको डेब्यु टेस्टमा शतक प्रहार गर्ने तेस्रो खेलाडी पनि बने । अय्यरको शतक मद्दतमा भारत ३४५ रनमा अलआउट भयो ।

दोस्रो दिन ४ विकेटको क्षतिमा २५८ रनबाट दोस्रो खेल सुरु गरेको भारतले दोस्रो दिन थप ८७ रन जोड्दा ६ विकेट गुमायो । दोस्रो दिन रविचन्द्रन आश्विनले ३८ रन जोडे । यसअघि पहिलो दिननै शुभमन गिलले ५२ तथा रवीन्द्र जडेजाले ५० रन बनाएका थिए। न्युजिल्यान्डका लागि टीम साउथीले ५ विकेट लिए । त्यस्तै क्यालि ज्यामिसनले ३ र अजज पटेलले २ विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *