कांग्रेस अधिवेशनमा प्रहरीले हस्तक्षेप गरेको कोइरालाको आरोप

काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीका जारी अधिवेशनमा प्रहरीले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएका छन् । नेता कोइरालाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरीले अमर्यादित क्रियाकलाप गरेको भन्दै गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै भन्दै स्मरण गराएका छन् ।

कोइरालाले शुक्रबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । ‘वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरूमा खटिएका निर्वाचन अधिकृतहरूलाई धम्क्याउने, तर्साउने र प्रहरीले बीच बाटोबाट पक्राउ गर्ने कार्यको म भर्त्सना गर्दछु,’ कोइरालाले भनेका छन् ।

यस्तै कोइरालाले पार्टीको आन्तरिक र सांगठनिक क्रियाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *