यी भारतीय युवतीसँग विवाह गर्दैछन् म्याक्सवेल

काठमाडौँ। अस्ट्रेलियाका चर्चित अलराउन्डर ग्लेन म्याक्सवेल भारतीय युवतीसँग बिहे गर्ने तयारीमा छन् । म्याक्सवेलले गत वर्ष नै आफ्नी प्रेमिका विनी रमनसँग भारतीय परम्पराअनुसार मगनी (इन्गेजमेन्ट) समेत गरेका थिए । दुवै जना लामो समयदेखि डेटमा छन् ।

म्याक्सवेलले गत वर्षको फेब्रुअरीमा ‘इन्गेजमेन्ट’ भएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए । त्यसको एक महिनापछि उनीहरूले भारतीय परम्परा अनुसार पनि ‘इन्गेजमेन्ट’ गरेका थिए ।

विनी र म्याक्सवेल जतिसक्दो चाँडो विवाह गर्न चाहन्छन् । विवाहपछि म्याक्सवेल भारतीय युवतीसँग विवाह गर्ने दोस्रो अस्ट्रेलियाली खेलाडी बन्नेछन् । उनी अघि सौन टइटले भारतीय मोडल मसुमसँग सन् २०१४ मा विवाह गरेका थिए ।

२०१९ मा म्याक्सवेलले मानसिक कारण देखाउँदै क्रिकेट नखेल्ने बताएका थिए । जति बेला विनीले नै उनलाई दोस्रो पटक क्रिकेट मैदानमा फर्काएकी थिइन् । म्याक्सवेलका अनुसार उनी निकै खराब मानसिक समस्यासँग जुधिरहेको त्यो बेला उनलाई विनीले साथ दिएकी थिइन् ।

म्याक्सवेल र विनी २०१७ देखि एक प्रेममा छन्। विनीलाई २०१९ को एक क्रिकेट अवार्डमा म्याक्सवेलले अस्ट्रेलिया लगेका थिए । केही महिना अघि यो जोडी युरोप भ्रमणमा पनि निस्किएको थियो। विनी अहिले मेलवर्नमा बस्दै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *