अङ्ग्रेजी नयाँ वर्षमा ‘कठपुतली’

काठमाडौँ । हरर नेपाली चलचित्र ‘कठपुतली’ आगामी १५ पुसमा रिलिज हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर चलचित्र रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए ।

सम्पदा मल्लको लेखन रहेको चलचित्रले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुई वटा अवार्ड जित्न सफल भएको थियो । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको चलचित्र पृथ्वी राना मगर ले निर्माण गरेका हुन् ।

सम्पदा मल्ल कार्यकारी निर्माता, सह-निर्माता विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेको चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लन्डनमा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *