चिकित्सा शिक्षासँग सम्बन्धित निकायका पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौँ । डा. अनुप पन्थीले नेपालका सबै विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल काउन्सिल र नेपाल चिकित्सा शिक्षा आयोगका पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बीडीएस उत्तीर्ण गरेका र प्रतिष्ठानको छवि सुधारमा संलग्न डा. पन्थीले सूचना आयोगमा निवेदन दिँदै सबै विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल काउन्सिल र नेपाल चिकित्सा शिक्षा आयोगका पदाधिकारीले पद वहाली गर्नुअघि सम्पत्ति वेबसाइटमा सार्वजनिक गर्नुपर्ने र पद सकिएपछि सम्पत्ति अडिट गराएको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै आयोगमा निवेदन दिएका हुन् ।

उनले यी सबै निकायले गर्ने निर्णय, अनुगमनका विस्तृत कागजात, र सम्बन्धनलगायतको आधारसम्बन्धी कुरा सम्बन्धित निकायको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने आदेशको माग गर्दै निवेदन दिएका हुन् ।

नेपालमा चिकित्सा शिक्षाको सम्बन्धन, कोटा निर्धारणलगायत प्रक्रियामा ठूलो आर्थिक चलखेल हुने गरेको खबर पटक पटक सार्वजनिक भइरहेको भन्दै डा. पन्थीले यसलाई रोक्न सूचनाको हकसम्बन्धी व्यवस्थाअनुसार आवश्यक कागजात र पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने आदेश माग गरेको निवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *