भारत-न्युजिल्यान्ड टेस्ट : पहिलो दिन भारतको २५८ रन

काठमाडौँ । बिहीबारबाट कानपुरमा सुरु भएको भारत र न्युजिल्यान्डको शृंखलाको पहिलो टेस्टको पहिलो दिन भारतले ४ विकेट गुमाएर २५८ रन बनाएको छ ।

भारतको राम्रो सुरुवातमा ओपनर शुभमन गिलले ५२ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर मयङ्क अग्रवाल भने १३ रनमा आउट भए । त्यस्तै चेतेश्वर पुजारा २६ र कप्तान अजिंक्य रहाणे ३५ रनमा आउट भए ।

तर भारतको विकेट पतन श्रेयस अय्यर र रविन्द्र जडेजाले रोके । यी दुईले पहिलो दिनको समाप्तिसम्म अविजित साझेदारी जारी राखेका छन् । उनीहरुले पाँचौं विकेटका लागि १४५ को अविजित साझेदारी गरेका छन् ।

टेस्टमा डेब्यू गरिरहेका श्रेयस अय्यरलाई रविन्द्र जडेजाले गतिलो साथ दिइरहेका छन् । अय्यर ७५ रनमा अविजित रहँदा जडेजाले ५० रन बनाएर अविजित छन् ।

न्युजिल्यान्डका क्यालि जेमिसनले ३ र टीम साउथीले १ विकेट लिए । न्युजिल्यान्डले भारत भ्रमणमा दुई टेस्ट खेल्नेछ। यसअघि तीन खेलको टी-ट्वेन्टी सिरिजमा पाहुना टोलि क्लिन स्विपको सिकार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *