थप ३०८ संक्रमित थपिँदा २९८ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १०४ पीसीआर परीक्षणका क्रममा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २८५ पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३४९ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २९८ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार ४२० पुगेको छ ।

उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *