प्रधान न्यायाधीशलाई महाअभियाेग लगाउन माग गर्दै काठमाडौँमा ‘न्याय मार्च’

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विभिन्न संस्थाले काठमाडौँमा ‘न्याय मार्च’ गरेका छन् ।

नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन र बृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गरेका हुन् ।

मार्चमा सहभागीले प्रधान न्यायाधीश जबरालाई महाभियोग लगाउन, उनको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । मार्चका सहभागीले यति गम्भीर विषयमा समेत संसद् मौन रहेकोमा विरोध पनि जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *