प्रचण्ड आउनुहुन्छ भन्ने विश्वास छ : भट्टराई

भरतपुर । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले महाधिवेशनमा उपस्थित हुने विश्वास लिएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुरस्थित नारायणी किनारमा पत्रकार सम्मेलन गर्दै भट्टराईले प्रचण्डको आफ्नै जिल्ला भएकाले पनि आएर शुभेच्छा दिने विश्वास व्यक्त गरेका हुन् ।

‘प्रचण्डजी आउनुहुन्छ र शुभेच्छा दिनुहुन्छ भन्ने लागेको छ । हामी आशा गर्दछौँ । उहाँकै जिल्ला हो, उहाँ आएर शुभेच्छा दिनुहुन्छ भन्ने विश्वास छ‚’ पत्रकारहरूसँग कुरा गर्दै उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *