नेपालको शानदार जित

काठमाडौँ । महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराएको हो । जीतसँगै नेपालको छनोटको सम्भावना कायमै छ । २८ रनको सानो लक्ष्य नेपालले मात्र ३ दशमलव ३ ओभरमा एक विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन बनाए । दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा २७ रनमा अलआउट भएको थियो । कुवेतका लागि प्रियादा मुराली बाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका संगीता राई र कप्तान रुविना क्षेत्रीले तीन–तीन विकेट लिए भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीको नाममा एक–एक विकेट रह्यो । पहिलो खेलमा हङकङसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *