लिङ्देन-राणा पक्षद्वारा राप्रपा नेतृत्वमा उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गरी लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले राप्रपामा नयाँ नतृत्व आवश्यक भएकाले उम्मेदवारी घोषणा गरेको बताए ।

उनको प्यानलबाट र डा. धवल शमशेर  राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदमा भने ककसले उम्मेदवारी दिने भन्ने तय भई नसकेको नेताहरूले बताएका छन् ।

लामो समयदेखि राप्रपाका नेता रहेका लिङ्देन झापा ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । त्यस्तै डा. राणा नेपालगञ्ज महानगरपालिकाको मेयर हुन् । राप्रपाको महाधिवेशन यही मंसिर १५–१७ मा काठमाडौँमा हुँदैछ ।

राप्रपाका अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग असन्तुष्ट रहेका र खास गरी युवा नेता कार्यकर्ताले लिङ्देन राणा पक्षलाई समर्थन गर्ने यो पक्षको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *