कांग्रेसलाई ओलीको सुझाव- होसियार ! प्रचण्डले भ्याइदिन्छन्

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग होसियार रहन नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।

नेपाल युवा संघले काठमाडौँमा गरेको साइबर सर्कल घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले कहिँ पनि कुनै समस्या समाधान गर्न नसकेको बरु समस्या खडा गर्दै हिँडेको भन्दै अहिले प्रचण्डको हात समातेर हिँडिरहेको कांग्रेस सचेत हुनुपर्ने बताएका हुन् ।

‘प्रचण्डले हाम्रै पार्टीलाई भ्याइदिन खोजेका थिए‚ तर केही नचल्ने भएपछि अहिले कांग्रेसतिर लागेका छन्‚’ ओलीले भने‚ ‘म कांग्रेसलाई भन्न चाहन्छु‚ होसियार ! सचेत रहनुहोला‚ प्रचण्डले भ्याइदिन्छन् ।’

उनले कांग्रेस अब बुढो भएको टिप्पणी पनि गरे । बुढो भएपछि गोरुले जोत्न पनि नसक्ने र बुढो गाईले दुध पनि दिन नसक्ने भन्दै कांग्रेस पनि बुढो भएकाले अब देश विकास कांग्रे सबाट सम्भव नुहने दाबी गरे ।

कांग्रेस नीति, सिद्धान्त, संकल्प, सबैमा बुढो भएको भन्दै उनले बुढो कांग्रेसलाई समातेर हिँड्नेले देश बनाउन नसक्ने जिकीर पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *