एमालेको अब कसैसँग पनि नो एकता नो एकीकरण : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले कुनै पनि दलसँग एकता वा एकीकरण नगर्ने बताएका छन् ।

काठमाडौँमा आयोजित साइबर सर्कल घोषणा गर्ने कार्यक्रममा अध्यक्ष ओलीले एमालेको एकीकरण र एकता गर्न कसैसँग बाँकी नरहेको भन्दै अब कसैसँग पनि एकता र एकीकरण नगर्ने बताए ।

‘म आज एउटा कुरा भन्न चाहन्छु‚’ अध्यक्ष ओलीले भने‚ ‘नेकपा एमालेको एकता र एकीकरण गर्न कसैसँग बाँकी रहेन‚ त्यसैले अब नो एकता नो एकीकरण ।’

विभिन्न कारणले अरु दलमा रहेका राष्ट्रवादी, लोकतन्त्रका लागि लडेका र राम्रा नेता/कार्यकर्ता सबै अब एमालेमा आएर एकताबद्ध भएर लाग्न उनले आह्वान गरे । माधवकुमार नेपाल र प्रचण्डले विभिन्न लोभमा पारेर झुक्याएर आफ्ना दलमा लगेका नेता कार्यकर्तालाई एमालेमा गोलबद्ध हुन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *