सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा लागू हुने

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले आगामी १५ गतेबाट पेसी व्यवस्थापनमा गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेका छन् । बुधबार बसेको न्यायाधीशहरूको बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेका हुन् ।

एक साताअघि मात्र फूलकोर्टले गोलाप्रथाको माध्यमबाट पेसी व्यवस्थापन गर्ने निर्णय गरेको थियो । आजको बैठकमा सोही निर्णयलाई मंसिर १५ गतेबाट कार्यान्वयनमा लैजाने सहमति जुटेको हो ।

अब प्रधान न्यायाधीशले एकल रुपमा पेसी तोक्न पाउने छैनन् । यसअघि फूलकोर्टले सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायाधीशले एकल रुपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्ने निर्णय गरेको थियो । उक्त समितिको अध्यक्षता भने प्रधानन्यायाधीशले नै गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *