राजस्वले चालू खर्च धान्नै मुस्किल, बजेट समस्याग्रष्त : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिले राजस्वले देशको चालू खर्चसमेत धान्न नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बुधबार आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको उनले बताए ।

कोभिडपछि आर्थिक पुनरुत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको भए पनि सरकाले प्रयास भने जारी राखेको उनको भनाइ छ । आर्थिक पुनरुत्सानका लागि सकेसम्मको सहुलियत दिने गरी सरकारले प्रयास गरिरहेको उनले बताए ।

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण र प्रशंशायोग्य रहेको र ठूला पूर्वाधार आयोजना निर्माणका लागि पनि सरकारसँग मिलेर अघि बढ्न उनले निजी क्षेत्रलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *