गरिमा विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

काठमाडौँ । गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरका १० लाख ऋण पत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका उक्त ऋण पत्रको १६ मंसिरदेखि बिक्री खुला गर्ने बैंकले जनाएको छ ।

८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५ नाम दिइएको उक्त ऋण पत्रमा ८.७५ प्रतिशत ब्याज पाइने र २०८५ मा परिपक्क हुने बैंकले जनाएको छ ।

उक्त ऋणपत्र मध्ये ४० करोड रुपैयाँ बजारबरका ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ । यस मध्ये २० हजार कित्ता सामुहिक लगानी कोषर्ला छुट्याएको छ । बाँकी ६० करोड रुपैयाँको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त ऋणपत्र खरिदका लागि छिटोमा २० गतेसम्म र ढिलोमा १ पुससम्म आवेदन दिने अवधि रहने बैंकले जनाएको छ ।

लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकताम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशनका लागि बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *