युभेन्ट्समाथि चेल्सीको सानदार जित

काठमाडाैँ । युरोपियन च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीले प्रभावशाली प्रदर्शन जारी राखेको छ । इंग्लिस क्लब चेल्सीले इटालियन क्लब युभेन्टसमाथि ४-० को रवाफिलो जित निकाल्यो । जितसँगै चेल्सीले गत सेप्टेम्बर मा टुरिनमा बेहोरेको हारको बदला समेत लियो ।

जितसँगै चेल्सी समूह एचमा १२ अंकका साथमा शीर्ष स्थानमा उक्लियो । समान अंकका साथ युभेन्टस दोस्रो स्थानमा छ । मंगलबार राति चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा युभेन्टस विरुद्ध पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्न चेल्सी सफल रह्यो ।

चेल्सीलाई च्याम्पियन्स लिगमा आफ्नो पहिलो गोल गर्दै ट्रेभो चलोबाले २५ औ मिनेटमा सुरुवाती अग्रता दिलाए । ५५ औ मिनेटमा रिस जेम्सले अग्रता दोब्बर पार्दा हुडन ओडोइसले तीन मिनेट पछि नै अग्रता ३-० मा पुर्‍याए । चौथो गोल अतिरिक्त समयमा टीमो वार्नरका नाममा रह्यो ।

थोमस टुचेलले चेल्सी समालेयता ५० खेलमा ३५ खेलमा जित निकालेका छन् । यसअघि सेप्टेम्बरमा टुरिनमा भएको खेलमा भने चेल्सी १-० ले पराजित भएको थियो ।

समूह जी रोमाञ्चक
समूह जी को स्पर्धा भने रोमाञ्चक अवस्थामा छ । मंगलबार राति लिलेले आरिबि साल्जबर्गलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो । सोही समूहमा सेभिल्लाले वल्फसवर्गलाई २-० ले पराजित गर्दै नकआउट सम्भावना कायम राख्यो ।

५ खेलको समाप्तिमा समूहमा लिले ५ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा रहँदा आरबि साल्जबर्ग ७ अंकका साथ दोस्रो र सेभिल्ला ६ अंकका साथ तेस्रो स्थानमा छ ।

मंगलबार रातिनै भएका अन्य खेलमा समूह एफमा एटलान्टा र योङ ब्वाइजले ३-३ गोलको बराबरी खेले । त्यस्तै समूह एचमा माल्मो र जेनिट्सले पनि १-१ गोलको बराबरी खेले । उक्त समूहमा चेल्सी र युभेन्टसले नकआउटमा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *