भिल्लारियललाई पराजित गर्दै युनाईटेड अन्तिम १६ मा

काठमाडाैँ । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले भिल्लारियललाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । अन्तरिम प्रशिक्षक मिचेल क्यारिकको प्रशिक्षणमा रहेको युनाईटेडले दुवै गोल दोस्रो हाफमा सम्भव बनायो ।

समूह एफमा युनाईटेड पाँच खेलबाट १० अंक बनाउँदै शीर्ष स्थानमा छ । पराजित भिल्लारियल ७ अंकका साथ दोस्रो स्थानमा छ । युनाईटेडको जितमा क्रिश्टियानो रोनाल्डो र जाडोन सान्चोले गोल गरे । युनाईटेडले दुई दिन अघि मात्र प्रशिक्षक ओले गुनार सोलसायरलाई बर्खास्त गरेको थियो ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको युनाईटेड दोस्रो हाफमा भने गोलको खडेरी तोड्न सफल भयो । ७८औँ मिनेटमा रोनाल्डोले पहिलो गोल गर्दा सान्चोले निर्धारित समयको अन्तिम मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *