म बिग बासमा जानुले खेलाडीमा थप उत्साह मिल्नेछ : सन्दीप

काठमाडौँ । आसन्न बिग ब्यास क्रिकेट लिगका लागि नेपाली खेलाडी सन्दीप लामिछाने आज अस्ट्रेलिया जाँदैछन् । होबर्ट हुरिकेन्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका सन्दीप दिउँसो अस्ट्रेलिया जान लागेका हुन् ।

डिसेम्बर पाँच तारिखबाट सुरु हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग खेल्नेछ । यस्तै दोस्रो खेलमा डिसेम्बर ११ मा सिड्नीसँग रहेको छ । ८ टिमको सहभागिता रहेको प्रतियोगितामा सन्दीपले लगातार दोस्रो सिजन होबर्टबाट खेल्न लागेका हुन् ।

उनले अघिल्लो सिजनमा आठ खेलमा आठ विकेट लिएका थिए । जसमा उनको उत्कृष्ट बलिङ २४ रनमा दुई विकेट रहेको छ । उनले बिग ब्यास लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन् । जसमा उनको उत्कृष्ट बलिङ २६ रन दिएर चार विकेट रहेको छ ।

संक्षिप्त प्रतिक्रिया दिँदै उनले बिग बास खेल्न एकदमै उत्साहित रहेको बताए । ‘म त्यहाँ गएर राम्रो खेल्ने हो भने नेपाली खेलाडीका लागि पनि अवसर हुनसक्छ,’ उनले भने, ‘हालैको स्थिति हेर्ने हो भने नेपाली खेलाडीलाई मौका खुम्चिँदै गएको अवस्थामा मेरो उपस्थितिले थप उत्साह दिने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *