वार्यनको रवाफ कायम रहँदा बार्सिलोना संकटमा

काठमाडाैँ । च्याम्पियन्स लिग फुटबलमा समूह ‘इ’ मा वार्यन म्युनिखले ५ खेल सम्म आफ्नो विजयी यात्रा जारी राख्दा बार्सिलोना भने बेनेफिकासँग बराबरीमा रोकिएको छ । मंगलबार राति वार्यनले डयनामो किभलाई २-१ ले पराजित गर्दै ५ खेलबाट १५ अंक बनाएको छ । बार्सिलोनाका लागि भने अब नकआउटमा स्थान बनाउन अन्तिम खेलको प्रतीक्षा गर्नु पर्ने छ ।

वार्यनका लागि रोवर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा आफ्नो निरन्तर गोल यात्रा जारी राखे । उनले  च्याम्पियन्स लिगको लगातार ९ खेलमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । लेवान्डोस्कीले १४ औँ मिनेटमा पहिलो गोल गर्दा किंग्स कोमनले ४२ औँ मिनेटमा टिमको अग्रता दोब्बर बनाए । किभका लागि भने ७० औँ मिनेटमा डेनिस हारमासले गोल गरेका थिए । दोस्रो हाफमा भने म्युनिखले गोल गर्न सकेन ।

बार्सिलोना भने घरेलु मैदान नउक्याम्पमामा अर्को निराशाजनक खेलको सिकार भयो । जाभिको प्रशिक्षणमा रहेको बार्सिलोनाको नकआउटको यात्रा अब अन्तिम खेलमा धकेलिएको छ । बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा छ ।

अब अन्तिम चरणको खेलमा बार्सिलोनाले वार्यनको सामना गर्ने छ । जहाँ बेनिफिकाले डयनामो किभको सामना गर्ने छ । बार्सिलोना पराजित भए र बेनिफिकाले जितेमा भने बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने छ । समूहमा ५ खेलको समाप्तिमा १५ अंकका साथ म्युनिख शीर्ष स्थानमा रहँदा बार्सिलोना ७ अंकका साथ दोस्रो र बेनिफरका ५ अंकका साथ तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *