जापान र अष्ट्रेलियाको भिसा लागेका विद्यार्थीले जाने तयारी गर्न इक्यानको आग्रह

काठमाडौँ। विदेशमा अध्ययनका लागि विद्यार्थी पराउने व्यवसायीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जापान र अष्ट्रेलियाको बोर्ड खुलेको जानकारी दिँदै सबै तयारी पूरा गरेर बसेका विद्यार्थीहरुलाई तयारी अवस्थामा बस्न सुझाव दिएको छ ।

इक्यानले मंगलबार पत्रकार सम्मेलन अष्ट्रेलिया जान मात्रै तीन हजार सात सय विद्यार्थी तयारी अवस्थामा रहेको जानकारी दिँदै जापान र अष्ट्रेलिया जान बाटो खुलेको बताएको हो । जापानले यही गएको नोभेम्बर ८ देखि नै पर्यटक भिसाबाहेक अन्य भिसाका लागि बोर्डर खुल्ला भएको निर्णय गरेको थियो भने अष्ट्रेलियाले आउँदो डिसेम्बर १ बाट विदेशी विद्यार्थीलगायत अन्य वर्गका यात्रुलाई बोर्डर खुल्ला गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयसँगै कोभिड १९ को विश्वव्यापी महामारीका कारण विगत दुई बर्षदेखि विदेश अध्ययन गर्न जान नपाएका विद्यार्थीदेखि उक्त अवधिसम्म विद्यार्थी पठाउन नपाएका परामर्शदाता व्यवसायीहरुसमेत खुशी भएका छन् । इक्यानका पदाधिकारीले विदेश जाने विद्यार्थी र पठाउने अभिभावकले आफ्ना विद्यार्थीलाई आवश्यक तयारीका साथ पठाउन आग्रह पनि गरेका छन् ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भिसा पाएर कलेज तथा विश्वविद्यालयलाई शुल्कसमेत बुझाइसकेका तीन हजार सात सय विद्यार्थी अष्ट्रेलिया जाँदा सगज भएर जान आग्रह गरे । उनले गइसकेपछि परामर्शदाता कम्पनीलाई दोष दिने भन्दा पनि आफूले पूर्वतयारी गर्नुपर्ने बताए ।

इक्यानका अनुसार अष्ट्रेलियाका लागि सन् २०२० को अप्रिलदेखि २०२१ को अप्रिलसम्म सीओई प्राप्त गरी शुल्क बुझाएर बसेका विद्यार्थीले आउँदो यही नोभेम्बर, डिसेम्बर र जनवरीमा प्रवेश अनुमति दिने, २०२१ को अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीलाई अट्रेलिया जान आउँदा जनवरीपछि सुचना जारी गरिने छ ।

यात्रा गर्न पाउने विद्यार्थीले भिसा सबक्लासेसअन्तर्गत योग्यता पुगेको भ्यालिड भिसा हुनुपर्ने, यात्रुले कोभिडविरुद्धको खोप लगाएको प्रमाण हुनुपर्ने, प्रस्थान गरेको तीन दिनभित्रमा कोभिड परीक्षण गरी पोजेटिभ वा नेगेटिभ आएको रिपोर्ट पेशा गर्नुपर्ने, पोजेटिभ आएमा अष्ट्रेलियाको केन्द्र तथा राज्य सरकारले निर्धारण गरेका क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ । हाल क्वारेन्टिनमा नबसी अष्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीले मात्रै प्रवेश दिएको पनि इक्यानले जानकारी दिएको छ ।

इक्यानका पदाधिकारीले विद्यार्थीहरुलाई सहज ढंगले हवाई टिकट लिन सहजीकरण गर्ने काम आफूले गरिरहेको जनाउँदै कुनै समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *