विश्वकप छनोटमा भुटानमाथि नेपालको सहज जित

आईसिसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो खेलमा भुटानमाथि ८ विकेटको फराकिलो जित निकालेको छ ।
पहिलो खेलमा हङकङसँग पराजित नेपाल दोस्रो खेलमा भने रवाफिलो प्रदर्शन गर्न सफल भयो । जित्नैपर्ने खेलमा भुटानी ब्याटरमाथि नेपाली बलरले कसिलो बलिङ गर्दा भुटान सस्तैमा समेटियो ।

पहिलो ब्याटिङ गर्दै भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर केवल ६१ रनमात्र जोड्न सक्यो । उक्त लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पहिलो ब्याटिङ गरेको भुटानका लागि केवल २ खेलाडीले दोहोरो स्कोर बनाएका थिए । ओपनर सोनाम पालडोनले २९ बल खेल्दै ११ रन बनाउँदा नगवाङ छोडेनले ३१ बलमा १३ रन बनाए ।

नेपाली बलरको कसिलो बलिङसामु भुटानी ब्याटरहरू खुलेर खेल्न असफल रहे । भुटानका लागि सिता राना मगरले ३ विकेट लिएकी थिइन् । त्यस्तै करुणा भण्डारीले १ विकेट लिएकी थिइन् ।

जवाफमा नेपालले उक्त लक्ष्य २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर सिता राना मगरले १७ रन बनाउँदा कप्तान रुविना क्षेत्री १० रनमा रनआउट भइन् । नेपालका ब्याटर कविता जोसीले लगातार दुई बलमा २ चौका प्रहार गर्दै नेपाललाई जित दिलाइन् । त्यस्तै इन्दु वर्मा २४ बलमा १८ रन बनाएर अविजित रहिन् । भुटानकी टासी छेकीको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *