प्रधान न्यायाधीश जबरालाई महाभियोग लगाई सम्पति छानबिन गर्न माग

काठमाडौँ । नागरिक समाजका विभिन्न संस्थाहरूले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाई सम्पतिको छनबिन गर्न माग गरेका छन् ।

नागरिक अगुवा संस्थाहरू नेपाल बार एसोसिएसन‚ नेपाल पत्रकार महासंघ‚ नेपाल शिक्षक महासंघ‚ नेपाल इन्जिनियर्स एसोसिएसन‚ नेपाल जनस्वास्थ्य संघ नेपाल‚ आदिवासी जनजाती महासंघ र वृहत् नागरिक आन्दोलनले सोमबार संयुक्त विज्ञप्ति जारी गरी प्रधान न्यायाधीश जबरा प्रवृत्तिलाई दलीय नेतृत्वले संरक्षण गरिरहेको भन्दै उनीविरूद्ध महाअभियोग लगाउन र सम्बन्धित निकायबाट सम्पत्ति छानबिन गराउन माग गरेका हुन् ।

आम नागरिकले न्याय पाउनुपर्ने, न्यायालयमा व्याप्त वेथिति र भ्रष्टाचार भ्रष्टाचारमा प्रधान न्यायाधीश संलग्न रहेको जस्ता संगीन आरोप लाग्दा पनि संसद्‌लाई क्रियाशील बनाई महाभियोग लगाउने संवैधानिक दायित्वतर्फ राजनीतिक दलको विशेष ध्यानाकर्षण हुन नसक्नुले जबरा र जबरा प्रवृत्तिको मूल स्रोत दलीय नेतृत्व  नै रहेको पुष्टि भएको दाबी पनि विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिमा मंगलबार संयुक्त रुपमा बालुवाटार न्याय मार्च गर्ने जानकारीसमेत गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *