थप ३५१ संक्रमित थपिँदा २७३ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा मंगलबार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ७ सय २९ पीसीआर परीक्षणका क्रममा ३ सय १३ जना र १ हजार ४ सय ४५ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १५ हजार ६९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ७३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८ सय ९० संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार ३ सय सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *