रुकुम उडेको जहाजलाई नेपालगञ्जमै अवतरण गराउने पाइलटसँग स्पष्टीकरण माग

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट रुकुमको सल्लेका लागि उडेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान नेपालगञ्जमै अवतरण गराउने क्याप्टेनलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण मागेको छ ।

क्याप्टेन पेम्बा शेर्पाले सोमबार काठमाडौँबाट सल्ले विमान स्थल पुर्याउनु पर्ने जहाजलाई आफ्नो ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएका थिए । सोमबार ३ बजे ८ यात्रुसहित सल्ले उडेको उक्त जहाज नेपालगन्जमाथि पुग्दा ४ बजेको र उक्त समयमा आफ्नो ड्युटी अवधि पूरा भइसकेको भन्दै उनले नेपालगञ्ज मै ओरालेका थिए ।

यात्रुलाई पाइलटले गन्तव्यमा नपुर्याई नेपालगन्जमै ओरालेपछि वायु सेवा निगमले नै यात्रुलाई नेपालगन्जमा बस्ने व्यवस्था मिलाएर मंगलबार बिहान मात्रै चौरजहारी पुगेका छन् ।

घटनापछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा क्याप्टेनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो । मन्त्री आलेले उक्त घटनाबारे छानविन गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन समेत दिएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *