विश्वकप छनोट

भुटानसँग खेल्दै नेपाल

काठमाडाैँ । आइसिसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा आज नेपालले भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा आइसिसी क्रिकेट एकेडेमी २ ग्राउन्डमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी भएको एसियन क्वालिफायरबाट विजेता एक टोलीमात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालको यात्रा कठिन बनेको छ । नेपालले अब सबै जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि आफ्नो पक्षमा आउनु पर्छ ।

नेपालले हङकङविरुद्ध जुन मैदानमा खेलेको थियो । भुटानविरुद्ध पनि त्यही मैदानमा खेल्नेछ । नेपालले दुबईस्थित आईसीसी एकेडेमीको ग्राउण्ड दुईमा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *