जितजंग बस्नेत ललितपुरबाट चुनिए महाधिवेशन प्रतिनिधि

काठमाडौँ ।  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका बस्नेत ललितपुर क्षेत्र नम्बर-३ बाट खुलातर्फ विजयी भएका हुन् ।

खुल्लातर्फ एक नम्बरमा मत ल्याएर बस्नेत विजयी भएका हुन् । महाधिवेशन प्रतिनिधि खुलातर्फ २६८ मत ल्याएर बस्नेत विजयी भएका हुन् ।

ललितपुर-३ बाट खुलातर्फ अन्यमा उत्तम जोशी, जीतनारायण श्रेष्ठ, टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ, ईश्वरी लौडारी र प्रकाश अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *