कुरिलोबाट मनग्य कमाउन सकिन्छ

कुरिलोलाई पाहुना तरकारीभन्दा पनि फरक पर्दैन । प्रायजसो नेपालीको भान्सामा बिरलैमात्र आइपुग्ने कुरिलोको उपयोगिता भने अनेकौँ छन् । भिटामिन, प्रोटिन र अन्य पौष्टिक तत्त्वले भरिपूर्ण कुरिलो औषधीय गुणले समेत भरिपूर्ण छ ।

कुरिलोमा चिल्लो पदार्थ कम हुने हुँदा स्वास्थ्यका लागि यो थप महत्त्वपूर्ण छ, यसले महिला तथा पुरुष सबैलाई समान रूपमा फाइदा पुर्‍याउन सक्छ । अझै भन्ने हो भने मासु तथा मासुजन्य पदार्थ सेवन नगर्नेहरूका लागि त यो झनै मूल्यवान् बन्न सक्छ । सुत्केरी, कलेजोका बिरामी तथा क्यान्सर रोगले पीडितहरूका लागि समेत यो फाइदाजनक हुने तथ्य प्रमाणित छ ।

उत्पादन कम हुँदा बजारमा यो सजिलै पाइँदैन भने पाउँदा पनि महँगो पर्ने गरेको छ । हुन त‚ कुरिलो बजारबाटै ल्याउन पर्छ भन्ने छैन, आफ्नै सामान्य मिहिनतले नै पनि यसको खेती गरेर नियमित सेवन गर्न सकिन्छ ।

पछिल्लो समय कोरोना महामारीका कारण अझ यसको उपयोगिता र माग बढेको कुरिलो खेती गर्ने किसानको अनुभव छ । कुरिलोका अनेकौँ फाइदा भए पनि मागअनुसार नेपालमा यसको व्यावसायिक खेती नहुँदा ठुला ठुला सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरका सीमित उपभोक्ताभन्दा बाहेक सामान्य नेपाली उपभोक्ताले यसको नियमित सेवन गर्न सकिरहेका छैनन् । तिनै ठुला मार्केटहरूमा समेत कुरिलोको नियमित आपूर्ति भने हुन नसकेको अवस्था कायमै छ ।

यसको मुख्य कारण नै कुरिलो खेती उत्साहजनक तरिकाले नहुनु हो । उत्पादन कम हुँदा बजारमा यो सजिलै पाइँदैन भने पाउँदा पनि महँगो पर्ने गरेको छ । हुन त‚ कुरिलो बजारबाटै ल्याउन पर्छ भन्ने छैन, आफ्नै सामान्य मिहिनतले नै पनि यसको खेती गरेर नियमित सेवन गर्न सकिन्छ ।

कुरिलो उत्पादनमा कस्तो वातावरण आवश्यक ?
कुरिलोका लागि पीएच भ्यालू ६ देखि ७.५ को हाराहारी रहेको बलौटे दोमट माटो उपयुक्त हुन्छ, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थका साथै पानी निकासको उचित प्रबन्ध भएको जमिन राम्रो मानिन्छ । बिरुवा लगाउँदा समेत भाले र पोथी फूल हुने बिरुवाको अनुपात मिलाएर लगाउनु उत्तम मानिन्छ ।

साथै १५ देखि माथि करिब २५ डिग्री सेल्सियस औसत तापक्रममा यसको टुसा राम्रोसँग पलाउन सक्छ । कुरिलोको खान योग्य भाग भन्नू टुसा नै हो । टुसाबाट दर्जनौँ परिकार बनाएर विभिन्न स्वादअनुसार सेवन गर्न सकिन्छ । साथै जमिन कम हुने अवस्थामा समेत घरको छत तथा खाली ठाउँहरूमा कौसी खेतीको रूपमा यसको उत्पादन गरेर कुरिलो पूर्ति गर्न सकिन्छ‚ जसका लागि नेपालमा मेरि वासिङ्टन ५०० डब्लू जातको कुरिलो खेती गर्न विसं. २०६६ सालमा सिफारिस गरिएको छ ।

कुरिलोका लागि पीएच भ्यालू ६ देखि ७.५ को हाराहारी रहेको बलौटे दोमट माटो उपयुक्त हुन्छ, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थका साथै पानी निकासको उचित प्रबन्ध भएको जमिन राम्रो मानिन्छ । बिरुवा लगाउँदा समेत भाले र पोथी फूल हुने बिरुवाको अनुपात मिलाएर लगाउनु उत्तम मानिन्छ ।

त्यसको उत्पादन प्रतिहेक्टर ६ टन हुन्छ । अन्य जातहरूमा भाइकिड, क्यालिफोर्निया ६६, ५००, ७११ आदि जातहरू प्रचलनमा छन्, यी सबै विदेशी जातहरू हुन् । यी जातका कुरिलोहरू तराई, मध्य पहाडदेखि उच्च पहाडमा समेत आवश्यक वातावरण तयार गरी खेती गर्न सकिन्छ । तसर्थ थोरै मेहनतबाटै राम्रो प्रतिफल पाइने, अरू अन्न तथा तरकारी बाली नलाग्ने जमिनमा समेत खेती गर्न सकिने, स्वास्थ्यका लागि अति उपयोगी, बजारमा माग तथा मूल्यसमेत आकर्षक भएको कुरिलो खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ ।

-कृषि विज्ञानमा स्नातक गरेका दाहाल बेलबारी नगरपालिका, मोरङको कृषि विकास शाखामा कार्यरत छन् ।

प्रतिक्रिया

2 thoughts on “कुरिलोबाट मनग्य कमाउन सकिन्छ

  1. कृषकलाई स्वास्थ्यवर्द्धक गुणले भरिपूर्ण तथा राम्रो आर्थिक आम्दानी दिनसक्ने कुरीलोको बारेमा जानकारी दिनुभएकोमा कृषि विज्ञ श्री विनोद दाहाल सरलाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *