नागरिक लगानी कोषबाट बिदा भए अध्यक्ष भट्टराई

काठमाडौँ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष भट्टराईको बिदाई गरेको हो ।

अध्यक्ष डा. भट्टराई २०७५ असोज २१ मा मन्त्रिपरिषदले कोषको अध्यक्षमा नियुक्त गरेको थियो । उमेर हदको कारण कात्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको थियो ।

बिदाई कार्यक्रममा डा. भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको सम्बन्धलाई निरन्तरता दिनु पर्ने बताए । आफ्नो ३७ महिने कार्यकालमा धेरै नै कुराहरुको ज्ञान लिने अवसर मिलेको उनले बताए ।

त्यस्तै, सञ्चालक साउदले आफनो कार्यकालमा गरेको सहयोगको लागि सबै सञ्चालकहरुलाई धन्यबाद दिए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पुर्याएको सहयोगको लागि धन्यबाद ब्यक्त गरे । संस्थाको कार्यलाई विधिसम्वद तरीकाले अघि बढाउदै लाने प्रतिवद्धता ब्यक्त कार्यकारी निर्देशक नेपालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *