३८५ संक्रमित थपिँदा २५८ जना कोरोनामुक्त

काठमाडौँ । नेपालमा सोमबार थप ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ९ सय २१ पीसीआर परीक्षणका क्रममा ३ सय ६७ जना र २ हजार ७ सय ७६ एन्टीजेन परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १४ हजार ७ सय १८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । योसहित हालसम्म नेपालमा ११ हजार ५ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ५८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ सय १७ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ६९ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *