गोलाप्रथाबाट पेशी तोक्ने नियमावली राजपत्रमा प्रकाशित

काठमाडौँ । गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थासहितको नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

सोमबार गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थासहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा सार्वजनिक भएको हो ।

यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

केहि समयदेखि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग राख्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले प्रधान न्यायाधीशले आफूखुसी पेशी तोकेको भन्दै गोलाप्रथाबाट तोक्ने व्यवस्था गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *