विभागीय डर्वी भिडन्त बराबरी

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय डर्वी भिडन्त बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

आर्मीविरुद्ध पुलिसले सुरुवातमा अग्रता लिएपनि त्यसलाई जोगाउन पुलिस असफल भयो । पहिलो हाफमा दुवै टीमले गोलका केहि राम्रा अवसर पाए पनि दुवै टीम गोल गर्न असफल भए ।

यद्यपि पहिलो हाफको गोल खडेरी टार्दै ५१औँ मिनेटमा पुलिसले सन्तोष हेमरुनको गोलमार्फत खेलमा अग्रता बनायो । हेमरुनले तेज तामाङको फ्रिकिकलाई हेडमार्फत गोल सम्भव बनाएका थिए । विकास तामाङले बुद्ध बल तामाङलाई फल गरेपछि पुलिसले फ्रिकिकको मौका पाएको थियो ।

६१औँ मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । सब्सटिमच्युट खेलाडीको रुपमा मैदान छिरेका विवेकले आर्मीलाई खेलमा फर्काएका थिए । निर्धारित समयको ४ मिनेट बाँकी हुँदा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गरे पनि उक्त गोल अफसाइड ठहरिँदा आर्मीको सम्भावित जित एक अंककमा सीमित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *