नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाडौँ । टी-ट्वेन्टी महिला विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।

दुबईमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा मात्र चार विकेट गुमाएर पूरा गर्‍यो । हङकङका लागि मारिगा हिलले सर्वाधिक ४३ रन बनाइन् । नेपालका लागि कविता कुँवर, सीता राना मगर र सबनम राईले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सीता रानामगरको अविजित ४० तथा इन्दु बर्माको ३१ रनको मद्दतमा १ सय ४ रन बनाएको थियो । सीताले ५८ बलमा ४ चौकासहित ४० रन बनाइन् भने इन्दुले ३७ बलमा ३ चौकासहित ३१ रन बनाइन् । ओपनर कविता कुँवर पहिलो बलमै आउट भइन् भने काजल श्रेष्ठले २३ बलमा मात्र ४ रन बनाइन् । कप्तान रुबिना क्षेत्रीले २ रन जोडिन् ।

छनोटको दोस्रो खेलमा नेपालले भोलि (मंगलबार) भुटानसँग, बिहीबार कुवेतसँग, शुक्रबार मलेसियासँग र आइतबार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *