मुस्ताङमा जिप दुर्घटना, ५ घाइते

पोखरा । मुस्ताङमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

थासाङ गाउँपालिका–१ भन्सिङमा ग १ ज ७७०३ नम्बरको जिप पल्टिएको हो । दुर्घटनामा चालक मिलन बिक, कल्पना श्रेष्ठ, मैया थापा, बाबुराम थापा र अनिषा थापा घाइते भएका मुस्ताङ प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *