लिभरपुललाई पछि पार्दै सिटी दोस्रो स्थानमा

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा एभर्टनलाई ३-० ले पराजित गर्दै सिटीले शीर्षस्थानको चेल्सीसँगको अंक दुरी छोट्याएको छ ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा टोटेनहम हट्सपरले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि २-१ को जित निकाल्दै लिगमा छैटौँ जित निकाल्यो । सिटीलाई घरेलु मैदान इतिहाद स्टेडियममा जित दिलाउन रहिम स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले गोल गरे। पहिलो हाफमा स्टर्लिङले तथा दोस्रो हाफमा रोड्री र बर्नाडो सिल्भाले गोल गरेका थिए ।

अधिकांश समय बल पोसेसनमा राखेको सिटीलाई गोलको खाता खोल्न भने ४४औँ मिनेट सम्म कुर्नु पर्‍यो । रहिम स्टर्लिङले जोओ क्यान्सिलोको पासमा गोल गर्दै पहिलो हाफमा गोलको सङ्कट टारेका थिए । त्यस्तै ५५औँ मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता दोब्बर पार्दा ८६औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीको सहज जित पक्का गरे ।

जितपछि दोस्रो स्थानमा उक्लिएको सिटीको १२ खेलबाट २६ अंक भएको छ । सिटी शीर्षस्थानको चेल्सीभन्दा ३ अङ्कले पछि छ । तेस्रो स्थानको लिभरपुलको २५ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *