रोहितको सानदार कप्तानीडेब्यु : न्युजिल्यान्ड विरुद्धको सिरिज ‘क्लिनस्विप’

काठमाडाैँ । भारत र न्युजिल्यान्ड बिच जारी टी-२० सिरिजमा भारतले सानदार प्रदर्शन गरेको छ। कोलकातामा भएको अन्तिम  टी-ट्वेन्टी खेलमा न्युजिल्यान्डलाई ७३ रनले हराउँदै भारतले गर्‍यो तीन खेलको सिरिज ३-० ले क्लिनस्विप।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। कप्तान रोहित शर्माले सर्वाधिक ५६ रन बनाएका थिए। त्यस्तै इशान किशनले २९ रन बनाएका थिए। भारतलाई बलियो लक्ष्य दिने क्रममा नवौँ नम्बरमा ब्याटिङका लागि आएका दीपक चाहरले ८ बलमा २१ रन बनाए। न्युजिल्यान्डका लागि मिचेल सेन्टनरले ३ विकेट लिए।

१८५ रनको लक्ष्य पछ्याएको किवि टीम भने फेरि एकपटक खराब ब्याटिङको सिकार भयो। उसले १७.२ ओभरमा केवल १११ रन बनाउँदा आफ्ना सम्पूर्ण विकेट गुमायो। न्युजिल्यान्डका लागि ओपनर मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकिय इनिङ खेल्नु बाहेक अन्य कुनैपनि खेलाडीको प्रदर्शन गतिलो रहेन।

पहिलो पटक क्लिन स्विप
भारतले पहिलो पटक आफ्नो भूमिमा न्युजिल्यान्ड विरुद्धको टि-२० सिरिज क्लिन स्विप गर्‍यो। २०१२ मा पहिलो पटक यी दुई देशबिच घरेलु सिरिज भएको थियो।पहिलो सिरिजमा महेन्द्रसिंह धोनीको कप्तानीमा न्युजिल्यान्डले १-० ले जितेको थियो। २०१७ मा विराट कोहलीको कप्तानीमा २-१ ले सिरिज भारतले जितेको थियो। यो पटक रोहित शर्माको कप्तानीमा भारतले ३-० ले सिरिज जित्दै इतिहास रच्यो।

सर्वाधिक छक्का प्रहार गर्ने रोहित पहिलो भारतीय
अघिल्लो खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा ४५० छक्काको कीर्तिमान बनाएका रोहितले अन्तिम टी-२० अन्तर्राष्ट्रियमा ३ छक्का प्रहार गर्दै टी-२० अन्तर्राष्ट्रियमा १५० छक्का पुरा गरेका छन्। यो रेकर्ड बनाउने उनी भारतका पहिलो खेलाडी हुँदा विश्वका दोस्रो खेलाडी बने। टी-२० अन्तर्राष्ट्रियमा मार्टिन गुप्टिलले सर्वाधिक १६१ छक्का प्रहार गरेका छन्। तेस्रो स्थानमा युनिभर्सल बोस क्रिस गेल रहेका छन्। उनले १२४ छक्का प्रहार गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *