२३८ संक्रमित थपिँदा ३५९ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा आइतबार थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ८ सय ४५ पीसीआर परीक्षणका क्रममा २ सय ३२ जना र १ हजार २ सय ७८ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १४ हजार ३ सय ३३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ४ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७० जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ३ सय ५९ जना संक्रमित निको भएका छन् ।

हाल ७ हजार १ सय ६४ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *