एपीएफलाई हराउँदै ब्रिगेडको विजयी सुरूवात

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले सुखद् सुरुवात गरेको छ । आइतबारको खेलमा सशस्त्र प्रहरी क्लब एपीएफ फुटबल क्लबलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेड ब्वाइजले पहिलो खेलबाट दुई अंक बनाएको हो ।

दशरथ रंगशालामा भएको खेलमा ब्रिगेडको जीतमा दिनेश राईले दुई र सुरज गुरुङले एक गोल गरे । एपीएफका आशिष लामा र बिक्की तामाङले एक एक गोल फर्काए ।

१४ औं मिनेटमा ब्रिगेडका दिनेश राईले सुरुवाती अग्रता बनाएको खेलको १९औँ मिनेटमा एपीएफका आशिष लामाले बराबरी गोल फर्काए । ६५औँ मिनेटमा दिनेशले दोस्रो गोल गर्दै टिमलाई २-१ को विक्की तामाङले टिमका लागि फेरि बराबरी गोल फर्काए ।
तर खेलको इन्जुरी समयमा सुरजले गोल गर्दै ब्रिगेडलाई जिताए ।

म्यान अफ दि म्याच बनेका ब्रिगेड ब्वाइजका कप्तान रोशन रानामगरले १० हजार रुपैयाँ पुरस्कार पाए । दिनको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबको खेल दिउँसो पौने ५ बजेपछि शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *