म्यान-यूका प्रशिक्षक सोल्सर बर्खास्त

काठमाडौँ । खराब नतिजाबाट गुज्रिरहेको इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेटस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गन सोल्सरलाई बर्खास्त गरेको छ । क्लबको बोर्ड बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

इंग्लिस प्रिमियर लिगमा शनिबार राति वाटफोर्डसँग ४–१ को लाजमर्दो पराजय भोगेलगत्तै आकस्मिकरुपमा बसेको क्लबको बोर्ड बैठकले सोल्सरलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

तर सोल्सारलाई राजिखुसीमै राजीनामा दिन मनाउने तयारी पनि भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रिमियर लिगका पछिल्ला पाँचमध्ये चार खेलमा पराजित भएपछि युनाइटेडका समर्थकले मैदानमै सोल्लारलाई हटाउन दबाब दिँदै हुटिङ गर्दै आएका थिए ।

त्यसै क्रममा शनिबार रातिको फराकिलो हारपछि क्लब व्यवस्थापन यो निर्णयमा पुगेको हो ।

अब क्लबले तत्कालका लागि टिम प्रशिक्षक माइकल क्यार्क तथा टिमका प्राविधिक निर्देशक ड्यारेन फ्लेचरलाई अन्तरिम प्रशिक्षक बनाउने तयारी गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *