आर्सनलमाथि लिभरपुलको फराकिलो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने, डिओगो जोटा, मोहमद सलाह र ताकुमी मिनामिनोले एक एक गोल गरेका थिए । यो जितपछि लिभरपुलको १२ खेलमा २५ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आर्सनलको भने यस खेलपछि १२ खेलमा २० अंक रहेको छ र लिगमा पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *