लिग वानमा मेसीले गरे पहिलो गोल, पीएसजी विजयी

काठमाडौँ । लियोनेल मेस्सीले फ्रेन्च लिग वानमा पीएसजीका लागि पहिलो गोल गरेका छन् । गएराती सम्पन्न पीएसजीको  नान्टेसविरुद्धको खेलमा पिएसजीका लागि ३-१ गोल अन्तरको जित निकाल्ने क्रममा मेसीले खेलको ८७औं मिनेटमा गोल गरेका हुन् ।

पीएसजीका लागि अर्को गोल किलियन एम्बाप्पेले गरेका थिए भने एक गोल नान्टेसका डेनिस अपिआलेले आत्मघाती गोल गरेका थिए । त्यस्तै नान्टेसका लागि रान्डल कोलो मुआनीले एक गोल गरेका थिए ।

यस खेलमा गोल गरेसँगै मेसीले फ्रेन्च लिग वानमा छैटौँ खेलमा पहिलो गोल गरेका छन् । पिएसजीका लागि समग्रमा भने मेसीको यो चौथो गोल हो । यस खेलमा पिएसजीका गोल किपर केलोर नाभासले खेलको ६५ औं मिनेटमा रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि पीएसजीको फ्रेन्च लिग वानमा १४ खेलमा ३७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै नान्टेसको भने १४ खेलमा १८ अंक छ र लिगमा ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *