कुन क्षेत्रको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडाैँ । देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

आज
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार
दिउँसो: प्रदेश १ को पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिः प्रदेश १ को पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार
दिउँसो: प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिः प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *