ए डिभिजन लिगमा थ्री स्टारको विजयी सुरुवात

काठमाडौँ । ललितपुरको थ्री स्टार क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो ।

थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ । च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ । खेलको म्यान अफ दि म्याच थ्री स्टार निशान खड्का चुनिए ।

यसअघि शनिबार नै भएको पहिलो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । तर, खेलको ६० औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए  ।

खेलको ६४ औँ मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए र दुवै टिमले अंक बाढे । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए।

लिग अन्तर्गत आइतबार दुई खेलहरू हुने छन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *