संकटा र हिमालयन शेर्पा बराबरीमा

काठमाडौँ। सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अङ्क बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

तर, खेलको ६० औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआत अग्रता दिलाएका थिए  । सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल फुत्काएपछि पाएको बलमा रुचालले सहजै गोल गरे ।

 तर खेलको ६४ औँ मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए र दुवै टिमले अङ्क बाँडे । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *