२४२ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौँ । शनिबार थप २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ४,१४५ पीसीआर परीक्षणमा २०९ र २,९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर र्फिएका छन् । यस्तै कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७,३०३ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *