टीकापुर नगरपालिका ‘साक्षर नगर’ घोषणा

धनगढी । कैलालीको टीकापुर नगरपालिका साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकाका ९ वटै वडाका ६० वर्ष भन्दा कम उमेरका ९८ प्रतिशत नागरिक साक्षर भएपछि शनिबार नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो ।

एक समारोहकाबीच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरे । साक्षर घोषणा गर्दै मन्त्री खड्काले नगरका सबै नागरिक साक्षर हुन खुसीको विषय भएको बताए । उनले हरेक नागरिक साक्षर हुनु अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख रावलले सरकारले तोकेको मापदण्डअनुसार नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको बताए । उनले बाँकी निरक्षर र विद्यालयको पहुँचमा आउन नसकेका बालबालिकालाई पनि विद्यालय भर्ना गरिने बताए ।

१३ वटा पालिका रहेको कैलालीमा साक्षर हुने टीकापुर तेस्रो साक्षर नगरपालिका भएको छ । यसअघि जोशीपुर र जानकी गाउँपालिका साक्षर घोषणा भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *