प्रिमियर लिगमा आज आठ खेल

काठमाडौँ । विश्वकप छनोटको ब्रेकपछि प्रतिष्ठित युरोपियन क्लब लिग शुक्रवारबाट मैदान फर्किएको छ । यस्तोमा शनिवार (आज) प्रिमियर लिगमा आठ खेल हुँदै छन् । जहाँ शीर्ष स्थानको चेल्सीसहित म्यानचेस्टर युनाइटेड र लिभरपुललगायत शीर्ष क्लब प्रतिस्पर्धामा उत्रनेछन् ।

साँझ ६:१५ मा हुने खेलमा चेल्सीले लेस्टर सिटीसँग खेल्दैछ । बेलुका ८:४५ मा भने धेरै खेलहरू हुँदैछन् । जहाँ एस्टन भिल्लाले ब्राइटन, बर्नली  र क्रिश्टल प्यालेस, न्यु क्यासल युनाईटेड र ब्रेन्टफोर्ड तथा नर्विच सिटी र साउथहेम्टन खेल्दैछन् ।

पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको म्यानचेस्टर युनाईटेडले वाटफोर्डसँग खेल्ने छ । राती ११:१५ मा लिभरपुलले आर्सनलसँग खेल्नेछ । आज आर्सनल लिभरपुललाई पराजित गर्दै चौथो स्थानमा उक्लने प्रयासमा हुनेछ।

११ चरणका खेल सकिँदासम्म चेल्सी ८ जित २ बराबरी र १ हारसहित २६ अङ्कका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै म्यान्चेस्टर सिटी ७ जित २ बराबरी र २ हारसहित २३ अङ्कका साथ दोस्रो स्थानमा छ । समान २३ अङ्कका साथ वेस्टह्याम तेस्रो स्थानमा रहँदा लिभरपुल २२ अङ्कका साथ चौथो र आर्सनल २० अङ्कका साथ पाँचौँ स्थानमा छ।

त्यस्तै, फ्रेन्च लिग वानमा पीएसजीले ननटेसको सामना गर्दै छ। यता स्पेनिस लिगमा बार्सिलोना पहिलो पटक जाभिको प्रशिक्षणमा मैदानमा हुने छ। बार्सिलोनाले राति १:४५ मा स्पानियोलको सामना गर्ने छ।  त्यसअघि एट्लेटिको म्याड्रिडले ओसासुनाको सामना गर्ने छ।

त्यस्तै सेल्टा भिगोले भिल्ला रियल तथा सेमियाले अलभेसको सामना गर्ने छ। स्पेनिस लागिलगामा बार्सिलोना १२ खेलबाट १७ अंक जोडेर लिग अंक तालिकाको नवौँ स्थानमा रहेको छ। जारी लिगमा रियल सोसिडाड २८ अङ्कका साथ शीर्ष स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *