एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

काठमाडौँ । नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाइएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले बेलुन उडाएका हुन् । बेलुनमा १०औँ राष्ट्रिय महाधिवेशन अंकित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ ।

कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।आजै युवा संघ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौँमा मोटरसाइल र्‍याली गरेको छ ।

संघका अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको र्‍याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिए । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *